भारतमा मानार्थ विद्यावारिधि उपाधि प्रधानमन्त्री ओलीलाई

आइतबार, २५ चैत्र २०७४, १५ : ०२
भारतमा मानार्थ विद्यावारिधि उपाधि प्रधानमन्त्री ओलीलाई

 नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।
उत्तराखण्डको पन्तनगरस्थित जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।
सो समारोहलाई सम्बोधन गर्दै ओलीले नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन लागिपर्ने  प्रतिबद्धता जनाए ।
ओली आजै  अपरान्ह  स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  तीन दिने  भारत भ्रमणका क्रममा ओली शुक्रबार भारत प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस