लुम्बिनी प्रदेश : कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १७ : ०१
लुम्बिनी प्रदेश : कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणमा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।

आज आर्थिक मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

यससँगै प्रदेशमा रहेका ४ कोरोना विशेष अस्पताललाई थप दरबन्दी व्यवस्थापन तथा परीक्षण कार्यलाई विशेष ध्यान दिने उनले बताएका छन् ।