नाइजेरिया । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।
उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।
गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ ।
यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०१ असार २०७८, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेक्सिकोमा गोली लागि ११ बन्दूकधारीको मृत्यु