काठमाडौँ । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडक खण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए । सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी साधनहरुको जाम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३० जेठ २०७८, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साढे ८ सय मिटर खनियो सिद्धबाबा टनेल
सिद्धार्थ राजमार्ग भासियो
सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने