स्वस्थ जीवनका लागि योग साधना आवश्यक

शनिबार, २४ चैत्र २०७४, १९ : ५६
स्वस्थ जीवनका लागि योग साधना आवश्यक

काठमाडौँ । मानिसले स्वस्थ जीवन जीउनका लागि योगसाधना गर्नु आवश्यक रहेको बताइएको छ । पतञ्जली योग साधना केन्द्र, महर्षिको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज महर्षि विद्यालय सामाखुशीमा आयोजित कार्यक्रममा पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेव मिश्रले प्रत्येक व्यक्तिलाई स्वस्थ जिवन बाँच्नका लागि हरेक घरलाई योगशाला बनाउनुपर्ने बताउनुभयो । “बच्चालाई पनि योग अभ्यास गराई स्वस्थ जीवन बाँच्न सिकाउनुपर्छ,”– उहाँले भन्नुभयो ।
गोरखा क्षेत्र नं २ प्रदेश (ख)का सांसद प्रकाशचन्द्र दवाडीले योगले मानिसको स्वास्थ्यलाई राम्रो राख्दै औषधिको प्रयोग गर्न नपर्ने अवस्था ल्याउने भएकाले सबैलाई यस क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

विसं २०६९ मा स्थापना भएको योग केन्द्रले योग प्रशिक्षण, रक्तदान कार्यक्रम, वृद्धाश्रमलाई सहयोग, गरिबलाई सहयोग गर्दै आएको केन्द्रका संयोजक सुवर्णलाल चित्रकारले जानकारी दिनुभयो । सो अवसरमा योग दर्शन, अष्टाङ्ग योग र साधना विधि, आयुर्वेदिक जडिबुटी, सामान्य घरेलु विधि एवं विषय विज्ञ तथा साधकको अनुभवसम्बन्धी लेखरचनाको संगालो ‘योग दर्पण’ लोकार्पण गरिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस