तुलसीपुरमा गोली चल्यो, पेस्तोलसहित एक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १४ : ५४
तुलसीपुरमा गोली चल्यो, पेस्तोलसहित एक पक्राउ

दाङ। दाङमा पेस्तोल र ६ राउण्ड गोलिसहित एक जना युवक पक्राउ परेका छन्। कुलोपानी विवादका क्रममा भारतिय पेस्तोलबाट गोली चलाउने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का पुर्णबहादुर वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

कुलोपानी विवादका क्रममा गोली चलेको र गोली चलाउने व्यक्तिलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको उनले बताए ।  प्रहरीका अनुसार गोली कस्लाई चलाएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस