विकासमा अवरोध पुर्‍याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल

शनिबार, २४ चैत्र २०७४, १८ : ३९
विकासमा अवरोध पुर्‍याउनेलाई बहिष्कार गर्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताउनुभएको छ ।

आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा आज आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका लागि अवरोध गर्ने व्यक्ति र संस्थाको मुद्दा नै दर्ता नगर्न पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस