जनतामूखी काम गर्न गृहमन्त्री थापाको निर्देशन

शनिबार, २४ चैत्र २०७४, १७ : १५
जनतामूखी काम गर्न गृहमन्त्री थापाको निर्देशन

चितवन : गृहमन्त्री राम बहादुर थापा बादलले चितवन जिल्लाका शान्ति सुरक्षा ,विकास निर्माणमा आवश्यक कार्यलाई अगाडी बढाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित चितवन जिल्लाका स्थानिय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

गृहमन्त्री भएपछि पहिलो पटक चितवन आउनु भएका गृहमन्त्री थापाले जिल्लाको शान्ति सुरक्षा , अमन चैन तथा नागरिकलाई दिने सेवा दिने बिषयमा कुनै कसुर बाँकी नराखी काम अगाडी बढाउन कार्यालयका प्रमखहरुलाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख ,विभिन्न सुरक्षा संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरुले जिल्ला रहेका समस्याहरुको बारेमा जानकारी गराएका थिए । उनीहरुले जिल्लालाई सुशासन तथा समृद्ध बनाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । जिल्लामा भएका समस्याहरु , जुन लामो समय देखि समधान गर्न नसकिएको छैन त्यसमा विषयमा पनि मन्त्री थापालाई ब्रिफिङ गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले गृहमन्त्री थापालाई जिल्लाको सम्पुर्ण अवस्थाको बारेमा अवगत गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस