नेपालमा जापानी लगानी बढाउन माग

शनिबार, २४ चैत्र २०७४, १६ : २२
नेपालमा जापानी लगानी बढाउन माग

काठमाडौँ । नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ । ललितपुरको कुपण्डोलमा आज जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गर्नुभयो ।

सो बिक्री स्थलमा धर्मगुरु मञ्जु सत्य र नेपालस्थित जापानी खानाका आधिकारिक बिक्रेता ओताफुकु कम्पनीले लगानी गरेका छन् । ओताफुकु केन्द्रको नामले खुलेको स्थलमा जापानी खानाको व्यवस्था गरिने सञ्चालक पारु डंगोल राउतले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा जापानको टोकियोका लागि नेपाल चेम्बर अफ कमर्सले नियुक्त गरेको अवैतनिक वाणिज्य दूत बलराम श्रेष्ठले जापानी लगानीलाई आकर्षित गर्न केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य वैद्य, धर्मगुरु मञ्जु सत्य र नायिका नम्रता योगी लगायतले जापानी लगानीलाई नेपालमा प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस