पाँचथरमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रासस

मंगलबार, २५ जेठ २०७८, १३ : ४६
पाँचथरमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मिक्लाजुङ । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस