विप्लव अतिवादी हुन् : गृहमन्त्री थापा

शनिबार, २४ चैत्र २०७४, ११ : २८
विप्लव अतिवादी हुन् : गृहमन्त्री थापा

भरतपुर :गृहमन्त्री राम बहादुर थापा बादलले नेकपाको पछिल्लो घटनाक्रमलाई अतिबादीको संज्ञा दिनुभएको छ । प्रेस चौतारी चितवन र प्रसे सेन्टरले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री थापाले देशलाई अस्थिरता धकल्ने र हिजैको परिस्थिती ,परिवेश निर्माण गर्ने काम भइरहेकाले त्यसको नियन्त्रण गर्न गृहमन्त्रालय लागी परेको बताउनुभयो ।


देशलाई अस्थिरता तर्फ लौजाने षडयन्त्र भईरहेको छ ,उहाँले भन्नुभयो, “संविधान र कानुन विरुद्ध गतिविधिलाई सरकारले कुनै पनि छुट छैन । देशलाई अस्थिरता तर्फ धकेल्ने काम गर्नेलाइ कानुन बमोजिम कारबाही हुन्छ ।”

नेकपाले पछिल्लो समय हिंसात्मक गतिविधिहरु बढाई रहेको भन्दै त्यसमा गृह मन्त्रालयकोे ध्यानआर्कषण गरेको जानकारी दिनुभयो । देशमा सुशान निर्माण गर्ने अहिलेको सरकारको मूख्य उदेश्य रहेकाले अतिवादी गतिविधि गर्नेलाई कारबाही गरिने उहाँको भनाई छ ।


नेकपाले जनप्रतिनिधिहरुलाई राजीनामाको लागि पत्रचार गरेको प्रसंगमा मन्त्री थापाले भन्नुभयाे यी सबै गतिविधि कानुन विरोधी हुन्, यसमा गृहमन्त्रालयको गम्भिर आपत्ती छ ।


 

प्रतिक्रिया दिनुहोस