भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

शनिबार, २४ चैत्र २०७४, ११ : २५
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट

-रमेश लम्साल
भारत । भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो ।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत(गार्ड अफ अनर) प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस