कसरी ह्याक भयो रक्षा मन्त्रालयको वेभसाइट ?

शुक्रबार, २३ चैत्र २०७४, २० : ११
कसरी ह्याक भयो रक्षा मन्त्रालयको वेभसाइट ?

नयाँदिल्ली । रक्षा मन्त्रालयको आधिकारिक वेभसाइट ह्याक अवरुद्ध भएको छ ।
सोमबार ह्याक भएको वेभसाइट सूचारु गराउने प्रयास भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
 
वेभसाइटमा चिनियाँ अक्षरहरु देखिएकाले चिनियाँ ह्याकरहरुले ह्याक गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ ।
वेभसाइटको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना विज्ञान केन्द्रले भनेको छ, “हाम्रा वेभसाइटका सामग्रीहरू अवरुद्ध भएका छन् ।”

मन्त्रालयका प्रवक्ताले पनि अवरुद्ध वेभसाइट सूचालु गराउने प्रयास भइरहेको जानकारी दिए पनि कसले र किन समस्या उत्पन्न गरेको भन्ने अनुसन्धान भइरहेको बताए ।

अर्का सरकारी अधिकारीले भने चिनियाँ ह्याकरहरू वेभसाइटलाई प्रभावित गर्ने कार्यमा संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस