नेपाल बहुराष्ट्रहरुको योगफल नभइ जन्मजात सार्वभौम राज्य : गोकुल बाँस्कोटा

सफल खबर संवाददाता

शनिबार, २२ जेठ २०७८, २१ : ०७
नेपाल बहुराष्ट्रहरुको योगफल नभइ जन्मजात सार्वभौम राज्य :  गोकुल बाँस्कोटा

काठमाडौँ । एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्काटोले नेपाल बहुराष्ट्रहरुको योगफल नभइ जन्मजात सार्वभौम राज्य भएको बताएका छन् ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले देशलाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको आलोचना भइरहेको बेला उनले यस्तो बताएका हुन् । 

‘नेपाल बहुभाषीक,बहुजातिय,बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो।बहुराष्ट्रहरुको योगफल होइन।जन्मजात एक सार्वभौम राज्य हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘कसैको बुझाइमा भ्रम छ भने त्यो उस्को राज्यको उत्पति र विकास समबन्धी ज्ञान र दृष्टिकोणको समस्या हो ।’

उनले त्यो नेपाल राज्यको र जनताको बुझाईको समस्या नभएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस