प्रचण्डकी पत्नी सीता दाहालका भाई महाप्रसाद पौडेलको निधन

शुक्रबार, २३ चैत्र २०७४, १८ : २६
प्रचण्डकी पत्नी सीता दाहालका भाई महाप्रसाद पौडेलको निधन

भरतपुर । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताका भाई महाप्रसाद पौडेलको निधन भएको छ । उनी माओवादीका पार्टी सदस्य थिए ।

उनी सीताका माइला भाइ हुन् । चितवनमा बस्दै आएका पौडेलको आज निधन भएको हो । उनको आजै देवघाटमा अन्त्यष्टि गरिएको माअ‍ोवादी चितवनका नेता गोपाल न्यौपानेले बताए । प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए ।

प्रतिक्रिया दिनुहोस