निर्वाचनको पराजयले काँग्रेसीजन हतोत्साही हुन पर्दैनः डा. महत

शुक्रबार, २३ चैत्र २०७४, १८ : १९
निर्वाचनको पराजयले काँग्रेसीजन हतोत्साही हुन पर्दैनः डा. महत

हेटौंडा । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले निर्वाचनमा देशैभर पराजय व्यहोरेपनि काँग्रेसी नेता कार्यकर्ता हतोत्साही हुन नपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका १२ र १३ को संयुक्त आयोजनामा नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई शुक्रबार संवोधन गर्दै प्रमुख अतिथि डा. महतले देशैभर निर्वाचनमा प्राविधिक कारणवस काँग्रेसको हार भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएर लोकतन्त्रको रक्षा गरेको बताउनुभयो ।

निर्वाचनमा पार्टीको व्यवस्थापनमा कमीकमजोरी रहेको स्वीकार्दै डा. महतले अहिलेपनि काँग्रेसको मत संख्या एमालेको भन्दा बढी रहेको बताउँदै काँग्रेसी कार्यकर्ताहरु विकास निर्माण र जनताको सुखदुःखमा सधैं लागिरहने बताउनुभयो ।
नेता डा. महतले नेपालको ईतिहासमा सामाजिक र आर्थिक क्रान्तिको सुरुवात काँग्रेसले गरेको र अहिले त्यही नीति कम्युनिष्टहरुले अवलम्बन गरेको बताउनुभयो । बाम गठबन्धनका अर्थमन्त्रीले गलत श्वेतपत्र जारी गरेको भन्दै अहिलेपनि २ सय ८१ अरब भन्दाबढी रकम बैंकमा रहेको बताउनुभयो ।
त्यस्तै केन्द्रीय सदस्य श्याम घिमिरेले बाम गठबन्धनलाई अझैपनि अन्र्तराष्ट्रिय शक्तिहरुले पत्याउन नसकेको बताउनुभयो । पार्टी र सत्ता संचालनमा काँग्रेसले कमीकमजोरी गरेकै कारण हार व्यहोरेको भन्दै घिमिरेले अव काँग्रेस सुध्रिएर नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभयो ।
काँग्रेस पुराना नेता अर्जुन थिङ्को सभाध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेलामा अतिथिहरु पार्टीका सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, लक्ष्मी थिङले बोल्नुभएको थियो ।
काँग्रेसका पुराना ४ नेतालाई सम्मान गरेको कार्यक्रममा अतिथिहरु काँग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्य राजिव सुवेदी, ईन्दिरा न्यौपाने, वडा सभापति कृष्णबहादुर थिङ, नेविसंघ अध्यक्ष राजु खतिवडा, ट्रेड युनियन अध्यक्ष कुमार पौडेल, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, तरुण दल सचिव सचित थापा, प्रेस युनियन सहसचिव सुजन विडारी, तरुण क्षेत्रीय अध्यक्ष संजय श्रेष्ठ, गणेशहरि उप्रेती, युद्ध थापालगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस