ओली–मोदी वान टु वान वार्ता आज साँझ

शुक्रबार, २३ चैत्र २०७४, १७ : ५८
ओली–मोदी वान टु वान वार्ता आज साँझ

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज वान टु वान वार्ता हुने भएको छ ।

आज साँझा सात बजेका लागि सो वार्ताको समय तय भएको छ । यो भेट प्रधानमन्त्री निवासमा हुने भनिएको छ । मोदीसँगको भेटअघि भारतीय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्रीओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे हैदरावाद हाउसमा हुनेछ । औपचारिक वार्ताअघि हुने दुई प्रधानमन्त्रीको वान टु वान वार्तालाई चासोसाथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस