कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, १३ : ४५
कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन

धादिङ ।धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ ।५५ वर्षीय पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौंको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना संक्रमण भएपछि उनको २० दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस