कञ्चनपुरमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १८ : ३६
कञ्चनपुरमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

धनगढी । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञाको अवधि थप गर्ने आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा अवधिमा अहिलेको जस्तै अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको हकमा भने हप्तामा दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर पनि आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न दिइने भएको छ । कञ्चनपुरमा स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस