नेपाल पक्षका १७ भातृसंगठनको चेतावनी : जेठ २ मा नफर्किए पार्टी विसर्जन

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १७ : ०३
नेपाल पक्षका १७ भातृसंगठनको चेतावनी : जेठ २ मा नफर्किए पार्टी विसर्जन

काठमाडौं । माधव नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने हुने चेतावनी दिएका छन् । उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ को अवस्थामा नफर्किए नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणासमेत गरेका छन् ।

१७ भातृसंगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू अहिले पनि एकतावद्ध एमालेकै पक्षमा रहेको जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले गरेका सबै अवैधानिक कार्य खारेज गर्नुपर्ने अडान उनीहरुले राखेका छन् । 

उनीहरूले माग पूरा नभए नयाँ शीराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा, महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही, प्रेस चौतारीका विश्वमणी सुवेदीलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस