काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

शुक्रबार, २३ चैत्र २०७४, १४ : ५९
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताउनुभयो ।

उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताउनुभयो ।
सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिनुभयो ।
महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस