ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गर्न प्रचण्डको माग

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १६ : ४६
ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय  खारेज गर्न प्रचण्डको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गर्न माग गरेका छन्।‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ प्रचण्डले भनेका छन्।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति सार्वजनिक गरेको थियो । यसले चुरे क्षेत्रको विनास हुने भन्दै अहिले व्यापक विरोध भइरहेको छ।विरोध बढ्न थालेपछि अर्थमन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस