चितवनमा लागुऔषध ओसारपसार गर्ने चार जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १३ : ३६
चितवनमा लागुऔषध ओसारपसार गर्ने चार जना पक्राउ

चितवन । चितवनमा लागुऔषध सहित चार जना पक्राउ पेका छन् । प्रकाउ पर्नेहरुमा मकवानपुरको हेटौडा नगरपालिका ११ का बर्षिय बिजय प्रसाद चौलागाई, वर्ष २४ को सन्तोष बिडारी, वर्ष ३६ को अर्जुन मोक्तान र बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने वर्ष ३६ को सुर्यमान वाईवा रहेका छन् ।

नियमित गस्तिम खटिएको प्रहरी टोलिले खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीमा शंका लागी ना १४ प ३३२३ र ग १ प २७८५ नं.को मोटरसाईकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट लागु औषध तथा मोटर साईकल चोरहरुले प्रयोग गर्ने एलएङकी सहित पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनिहरुको साथबाट लागु औषध Nitrazepam 175 Tab, मोटरसाइकल चोरहरुले प्रयोग गर्ने एलएङकी २ थान र ना १४ प ३३२३ पल्सर र ग ११ प २७८५  KTM Duke  मोटरसाकल समेत बरामद गरिएको प्रहरीले जनएको छ ।


 

प्रतिक्रिया दिनुहोस