नेकपा एमालेको स्थायी कमिटि बैठक बस्दै, थप नेताहरु माथि कारवाही गर्न छलफल

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ०८ : ०८
नेकपा एमालेको स्थायी कमिटि बैठक बस्दै, थप नेताहरु माथि कारवाही गर्न छलफल

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक मंगलबार बस्दैछ । यसअघि दुई पटकसम्म स्थगित भएको बैठक मंगलबार बिहान ११ बजे बस्न लागेको हो । 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जानकारी दिए । 
 
बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८–०७९ को बजेटको समीक्षा र पार्टी हितविपरित गतिविधि गरेका केही नेताहरुको कारबाहीबारे छलफल  र आवश्यक निर्णय हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस