पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि, १ सय ९ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १६ : ३५
पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि, १ सय ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमति डिस्चार्ज भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९ सय ८६ पीसीआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण भएको छ।