सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १२ : ३९
सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । केन्द्रको निर्णय उल्लंघन गरेको भन्दै आज २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी भएको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । उनीहरु तीनैजना खनाल–नेपाल समूहका हुन् ।

बुधबार बसेको संसदीय दलको बैठकले सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको थियो । उसले बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकको निर्णलाई चुनौती दिँदै सरकारमा नै बस्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस