काठमाडौं ।संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् ।
सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, १५ : ३४
लेखकबाट थप