काठमाडौं । नेप्से परिसूचक आज ६.५० अंकले घटेको छ । आज नेप्सेमा सामान्य करेक्सन भएकाले कारोबार रकम सोमबारको भन्दा २ अर्बले कमी आएको छ ।
आज २ लाख २४ करोड ६५ हजार ६७५ कित्ताको किनबेचमा ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ बराबरको कारोबार भएको छ । २१९ कम्पनीको शेयर खरिद विक्रीमा सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, आज सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीमा अरुण कावेली पावर कम्पनी रहेको छ । अरुणको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार पनि ३३ करोड रुपैयाँ बराबरको भएको छ ।आज नेप्से उप सूचकमा विकास बैंक समूहले सबैभन्दा धेरै १.५८ प्रतिशतले गुमाएको छ भने जीवन बीमा कम्पनी समूहले २.३८ प्रतिशतले कमाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२.५८ अंकले बढ्यो बजार, परिसूचक २६०१ बिन्दुमा
सात अंकले घट्यो सेयर बजार
दुई अंक बढ्यो सेयर बजार
१५.५४ अंकले घट्यो नेप्से
घटेको सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो
नेप्से परिसूचक ६.५३ अंकले बढ्यो