भनिन्छ कि "A leader who shows the way goes the way and knows the way" आफुले देखाएको बाटोमा आफ्ना अनुयायीहरुलाई हिडाल्दै संगठन राष्ट्र र जनताप्रति बफादारी भई संगठनात्मक लक्ष्य हासिल गराउनु वा शासन विकास र सेवाप्रवाहलाई सार्थक तुल्याउनु नेतृत्वको पहिलो काम हो ।
हरेक देशका जनताले परिवर्तन, सुशासन, कानुनी राज्य पारर्दशिता, एवं जनताप्रति अभिभावकिय भुमिका निर्वाह गर्ने नेतृत्वको अपेक्षा राखेका हुन्छन । जनताबाट निर्वाचित भएर जाने नेताज्युहरु जनताको अभिभावक हो । जसरि एउटा मतको कमिले लोकतान्त्रिक प्रकृयामा उहाँको हार हुन्छ ठिक त्यसै गरि जनताको अपेक्षा सपना पुरा नगर्ने नेतृत्वबाट राष्ट्रले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ ।
आजको शासन व्यवस्था संघीय लोकतान्त्रिक शासन व्यवस्था हो । नेपाली जनता आफैंमा सार्वभौम जनताको रुपमा रहि लामो समयपश्चात राजतन्त्रको अन्त्य भई आफ्नो संविधान आफै बनाउने वा भनौ आफ्नो भाग्यको फैसला आफैं गर्ने अधिकार नेपाली जनतामा रहेको संघीय लोकतान्त्रिक राज्यव्यवस्थामा हामी उभिएका छौ । सबै जनताको आशा केबल देशमा स्वाधिन सबृद्ध समाजको निर्माण होस, सामाजिक न्यायसहितको परिष्कृत खुसि एवं सुखी जिवन बनोस भन्नेमा नै छ । त्यसको लागि हामी नेपाली जनतालाई भरोसा थियो कि यसपालि त पक्कै हाम्रा नेताज्युहरु सुधे्रहोलान् आफ्नो कुर्सिको खेल छोडेर प्रकृतिले अकस्मात सिर्जना गरेको महामारिका बिरुद्ध एकजुट भई जिवन र मरणको दोसाधमा अक्सिजनको अभावमा कठिन जिवन विताईरहेका जनताप्रति बफादार भई राष्ट्रहितको काम गर्नेमा विश्वास पक्कै पनि सबै जनताले लिएकै थिए । फेरि त्यो सपना कुठाराघात भएको छ गौतम बुद्धको देश या भनौ शान्ति र करुणाको प्रतिकको रुपमा रहेको स्वयम्भुको दुई आखाँबाट दुखको आशु बगिरहेको छ । देशमा कालो बादल मडारिदै ठुलो चक्रपात वा प्राकृतिक घटना घट्ने त होईन भन्ने प्रश्न आम जनमानसको दिमागमा घुमिरहेको छ कारण नेतृत्वको उहि पुरानै पारा घरझगडा कुर्चि तानातानको खेल आपसि कलह अनि दलगत स्वार्थ ।
प्राकृतिक रुपमा धनि साँस्कृतिक विविधताले युक्त विर गोर्खालिको देश, गौतम बुद्ध, सिता, राम, जनक,भृकुटी जन्मेको अनि सगरमाथाको देश भन्दा आज आम नेपालीलाई कता कता मन खिन्न हुन्छ एकमात्र कारण राज्यव्यवस्था संचालन गर्नको लागि ताला चापी लिएर राजनीतिको बागडोर सम्हालेका नेतृत्व देखेर । राष्ट्र अर्मुत बिषय हो, नेपालको संविधानले नेपाल, बहुजातिय, बहुभाषिय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट हो भनेको छ । राष्ट्र एउटा भावना हो आस्था हो देशप्रतिको माया पनि हो । त्यसैले त देश छोडेर सातसमुन्द्र पार पुगेका नेपालीले अहिलेको कठिन परिस्थितिमा आफ्नो पसिनाको मुल्यसँग साटेर कमाएको पैसा पनि देशको विपत् व्यवस्थापनको लागि सहयोग गरिरहेका छन उनीहरु जहाँ भएपनि मन नेपाली छ हृदयबाट राष्ट्रभाव झल्काईरहेका छन ।
म जस्ता सारा नेपाली यस विपतको घडिमा आफ्नो कर्मप्रति विश्वास गर्दे भगवानसँग पुकार गरिरहेका छन कि कृपया कसैलाई दुख नपरोस महामारिको चाडै अन्त्य होस । राजनीतिक नेतृत्व किन राष्ट्रप्रति जनताप्रति अभिप्रेरित हुन सकेका छैनन ? हाम्रा राजनीतिक नेतृत्वलाई कुर्चिनै सर्वप्रिय लाग्ने रहेछ आखिर किन देशप्रति यति धोका जनताप्रति यति अलोकतान्त्रिक ?
नैतिकता इमान्दारिता, सदाचारीता र अनुशासन को कुनै मुल्य हुदैन किनकि संसारलाई नै आर्दशको बाटोमा डो¥याउदै सत्मार्गमा हिडाउने बिषयहरु हुन यि चिजहरु । अन्तर्राष्ट्रिय राजनीतिक अभ्यास हेरेर नेपालको अनुभुति गर्दा साच्चै आज लाज लाग्ने अवस्थामा नेतृत्वको शैली देखा परेको छ ।
नैतिकता इमान्दारिता, सदाचारीता र अनुशासन को कुनै मुल्य हुदैन किनकि संसारलाई नै आर्दशको बाटोमा डो¥याउदै सत्मार्गमा हिडाउने बिषयहरु हुन यि चिजहरु । अन्तर्राष्ट्रिय राजनीतिक अभ्यास हेरेर नेपालको अनुभुति गर्दा साच्चै आज लाज लाग्ने अवस्थामा नेतृत्वको शैली देखा परेको छ । आफ्नो काममा एक मिनेट ढिला हुदा आत्मआलोचना गर्दै पद छोड्छन अनि जनतासँग माफ माग्दछन अन्य देशका राजनीतिक नेतृत्वले तर मेरो देशमा त राजनीतिमा नत कुनै इमान्दारिता न कुनै बौद्धिकता नै नत कुनै देशप्रतिको निष्ठा नै । जब चुनाव आउछ ठुला भाषण अनि खोक्रा नारा लिएर गरिबीको चपेटामा परेको दुखी वस्तिलाई सम्झन्छन नेताज्युहरु कारण सोझा जनताको भोटले देशको उच्च अोहोदामा पुग्ने सपना अनि पदिय मर्यादा दुरुपयोग गरि व्याक्तिगत चाहना इच्छाहरु परिपुर्ति गर्न कठै मेरो देश । ति शहिदको रगत अनि सपनाले पनि पक्कै धिक्कार गर्दै होला सायद यति अस्थिरताको खेति गरि लोकतान्त्रिक शासन व्यवस्था कानुनि शासन एवं सुशासनलाई धज्जि उडाउने अदुरर्दशि नेतृत्व अनि अपरिपक्व निर्णय शैलि देखेर ।
नेपालले भोकमरिको समयमा कुनै समय खाधान्न सहयोग गर्ने दक्षिण कोरिया एवं नेपालभन्दा प्रतिव्याक्ति आय कमजोर हुने राष्ट्रहरु आज औधोगिक उत्पादन एवं विश्वव्यापिकरणको लहरसँग आफुलाई विकसित राष्ट्रमा रुपान्तरण गरिरहेका छन । नेपाल भने दिनप्रतिदिन बढ्दो गरिबी, बेरोजगारि एवं राजनीतिक अस्थिरताले गाँजिरहेको छ राजनीतिक नेतृत्वले गर्दानै राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण मौलाईरहेको छ । भष्ट्राचार एवं सामाजिक अपराधका घटना बढ्दो छ । बौद्धिक जनशक्ति रोजगारिको खोजिमा विदेश पलायन हुन बाध्य भएको छ । व्यवसाय गर्ने वा कुनै उधमशिलता प्रर्बद्धन गर्ने अवस्था छैन राजनीतिक अस्थिरताले । थाहा छैन यो दुस्चक्रबाट नेपाल पार लाउन सक्छ या सक्दैन । देशले ठुलो आर्थिक संकट बेहोर्ने कुरामा कुनै दुई मत छैन ।
आजको समय विश्वव्यापिकरण तथा उदारिकरणको युग हो । बिज्ञान प्रविधिको चमत्कारले संसार नै एक गाँउमा रुपान्तरित हुदै गरेको परिवर्तित युग हो । कुनै राष्ट्र पुँजिबादलाई अंगाल्दै त कुनै समाजबादउन्मुख अर्थव्यवस्थालाई अंगाल्दै आज विकासको लयमा निरन्तर अगाडि बढिरहेका छन । हाम्रो नेतृत्वले पनि कत्ति ढिला नगरि विगतको शिक्षा वर्तमानको ईच्छा र भविष्यको आकांक्षा पुरा हुनेगरि सहकार्य, सहमति गर्दै राष्ट्रभाव कायम हुने गरि जनताप्रति उदार हुनु आवश्यक छ । नेतृत्वको जिवन राष्ट्रको सेवाभावमा बित्नुपर्दछ नकि कुनै पदिय प्रलोभन व्याक्तिगत स्वार्थ र चाहनामा होईन । त्यसकारण आफ्नो कमिकमजोरि सुधार्ने संकल्प गर्न नेतृत्व तयार हुनैपर्दछ ।
भोट माग्न जादा बुढि बिधवा आमा वा लौरो टेकेर आगनको डिलमा बसेका ति बृद्ध बाबाको सपना भुल्नु हुदैन । नेतृत्वले कहिल्यै पनि रातारात धनि हुने सपना देख्दैन केवल सपना देख्छत कसरि जनताको समस्या को समाधान गर्ने वा जनताको घाउलाई कसरि मलम पट्टि लगाई राष्ट्रहित वा जनहित प्रर्बद्धन गर्ने ।
भोट माग्न जादा बुढि बिधवा आमा वा लौरो टेकेर आगनको डिलमा बसेका ति बृद्ध बाबाको सपना भुल्नु हुदैन । नेतृत्वले कहिल्यै पनि रातारात धनि हुने सपना देख्दैन केवल सपना देख्छत कसरि जनताको समस्या को समाधान गर्ने वा जनताको घाउलाई कसरि मलम पट्टि लगाई राष्ट्रहित वा जनहित प्रर्बद्धन गर्ने । नेतृत्वले ईमानको राजनिति गर्न जान्नुपर्दछ आफ्नो कमिकमजोरिलाई पश्चताप गर्दै सकारात्मक परिणामका साथ सदाचारिता र इमान्दारिता जस्ता विषयलाई आत्मसाथ गरि आफ्नो लक्ष्यमा लागिरहनुपर्दछ अनि मात्र त्यस्तोलाई नेतृत्व भन्न सकिन्छ ।
आपसि सहकार्य, सहमति सहअस्तित्व आजको आवश्यक्ता हो । एकचोटि पुन संकल्प गरौ तितामिठा कुरा बिर्सौ, प्रतिशोधको राजनीतिलाई भुलेर, घरझगडाबाट टाढा रहि सेवाभावको राजनीति गर्नुहोस नेताज्यु, ताकी तपाई भोलि मरेर गएपनि तपाईको नाम इतिहासको स्वर्णिम अक्षरमा लेखिरहनेछ । तपाँईको इतिहास अविस्मरणीय रहनेछ । इमानको राजनीति, बफादार अनि सदाचारको राजनीति गर्नुहोस, राष्ट्र छ र त हामी छौ राष्ट्रभन्दा कोहिपनि माथि रहन सक्दैन भन्ने कुरालाई मनन गर्ने कि । पक्कै पनि यति गर्न सकेको खण्डमा समृद्ध नेपाल सुखि नेपालीको सपना फेरि पनि पुरा हुन सक्दछ ।
लेखक व्यवस्थापन र राजनीतिशाष्त्रका विद्यार्थी हुन् ।
प्रतिक्रिया दिनुहोस
टंक प्रसाद लम्साल
आइतबार, ०९ जेठ २०७८, १७ : ४९
लेखकबाट थप