माधव–झलनाथ पक्षका युवा नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १३ : ५०
माधव–झलनाथ पक्षका युवा नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

काठमाडौँ ।नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल पक्षका विद्यार्थी नेताले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्व विद्यार्थी नेता जीवन राईले आयोगमा नेकपा एकीकृत नामको नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । उक्त निवेदनका साथ चुनाव चिन्ह ‘कलम’ राखिएको छ ।पछिल्लो समय उनी नेकपा एमालेको माधव झलनाथ समूहमा थिए । तर उनले स्वन्त्र किसिमबाट नै दल दर्ताको निवेदन दिएको बताएका छन् । दर्ताका लागि आयोगले ४५ दिनको समय दिएको उनको भनाइ छ ।

संखुवासभाका राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन् । उनले शुक्रबार ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएको बताएका छन् । दर्ता प्रक्रियामा रहेको र अहिले सबै कुरा खोल्न नमिल्ने उनको भनाइ छ ।

उक्त प्रस्तावित दलमा २५ सदस्यीय केन्द्रीय कमिटीको नाम आयोगमा बुझाइएको छ । जसअनुसार दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा बिनोद कुमार खुलाल तथा सचिवमा ऐन विक्रम कुँवर रहेका छन् । त्यस्तै सुशीला खनाल कोषाध्यक्ष रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस