प्रतिनिधिसभा विघटन

जसपाको ठाकुर-महतो समूहले भन्यो - ‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा छ ’

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ११ : ३७
जसपाको ठाकुर-महतो समूहले भन्यो - ‘हाम्रो पार्टी ताजा जनादेशको पक्षमा छ ’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको बताएका छन् । जसपाको ठाकुर-महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको बताएका हुन् ।

‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ’ उनले भने । संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न  नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै उनले उपाधारा (५) अन्तरगत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको समेत  बताए।

सरकारले आफ्ना माग पूरा गर्दै गएकाले सरकारमा सहभागी हुने विषयमा आफूहरू सकरात्मक रहेको बताए।

यद्यपि, आफूहरूका सबै माग पूरा हुने प्रक्रियामा जानुपर्ने समेत उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस