ओलीको बचाउमा शंकर पोखरेलले भने–ओलीप्रति सहानुभूति बढ्दैछ

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १० : १९
ओलीको बचाउमा शंकर पोखरेलले भने–ओलीप्रति सहानुभूति बढ्दैछ

file Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि चौतर्फी विरोध हुँदै गर्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उनको कदमको बचाउ गरेका छन् । 

उनले आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा ओलीप्रति सहानुभूती वढदै  गएको दावी गरेका छन् । 

एमाले ओली पक्षीय नेतासमेत रहेका उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क. ओलीप्रति सहानुभूती बढदै छ।’

प्रतिक्रिया दिनुहोस