साझा धारणा बनाउन प्रमुख ५ राजनितिक दलले संयुक्त छलफल गर्ने

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०९ : ४९
साझा धारणा बनाउन प्रमुख ५ राजनितिक दलले संयुक्त छलफल गर्ने

काठमाडौं । प्रमुख ५ राजनीतिक दलले संयुक्त छलफल गर्ने भएका छन् । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले साझा धारणा बनाउन बैठक बोलाएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । 

खाँडका अनुसार शनिबार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा छलफल हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस