जीवन रक्षालाई बेवास्ता गर्दै संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्दैनन् : नेता प्रकासमान सिंह

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, ०९ : ३९
जीवन रक्षालाई बेवास्ता गर्दै संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्दैनन् : नेता प्रकासमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमणले छटपटिएर अक्सिजन खोजिरहेका, अस्पतालमा शय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन् । 

‘जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नु कुन मानवीयताले दिनसक्छ’ सिंहले भनेका छन्, यो निकृष्ट कर्म हो। प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ।’

नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्ने बताउँदै नेता सिंहले भनेका छन्, ‘तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ।’ ‘देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने बताउँदै मध्यरातमा चालिएको असंवैधानिक कदम (संसद विघटन)को म घोर भर्सना गर्दछु। बाचौँ र बचाऔँ।’–उनले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस