आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १३ : २४
आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न आव्हान गरेका छन् ।बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरुलाई बैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्यि सरकार बनाउन सहयोग गर्न दलहरुलाई आग्रह गरे । 

बैकलल्पिक सरकार बनाउनुुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ’, प्रधानमनत्री ओलीले भने, ‘कि राष्ट्यि सरकार बनाउ सवैको सहयोगमा र कोभिड १८ का विरुद्ध लडौ ।’

उनले आफुले बैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरे । उनले आफ्नो च्वाइस आफ्नै नेतृत्वको सरकार रहेको भन्दै हुदै नभए संसद विघटनको बाटोमा जानसक्ने संकेत गरे ।
 

प्रतिक्रिया दिनुहोस