एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९६ जना पीडित

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १२ : ४३
एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९६ जना पीडित

काठमाडौं । इन्सेकले वैशाख महिनामा ५७ जना महिला र ३९ जना पुरुष गरी ९६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ ।

जेठ ७ गते वैशाख महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ वैशाख महिनामा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी ९६ जना पीडित भएका र चार ओटा भौतिक संरचनामा क्षति पुर्‍याएको जनाएको हो ।

‘प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा सबै प्रदेशभन्दा बढी २३ जना पीडित भए भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चार जना पीडित भए । प्रदेश २ मा २२ जना, गण्डकी प्रदेशमा १३ जना, प्रदेश १ र कर्णाली प्रदेशमा १२र१२ जना, तथा लुम्बिनी प्रदेशमा १० जना पीडित भए । वैशाखमा कारागारमा दुई जनाको मृत्यु भएको छ । यही अवधिमा एक जना शिक्षकको हत्या भएको समाचार पनि प्रकाशित छ ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।

वैशाखमा प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ४० जना पीडित भएका जनाइएको छ । त्यसैगरी महिला अधिकार उल्लङ्घनका घटनामा १२ जना पीडित भए ।यो वअधिमा परिवारजनबाट चार जना महिलाको र एक जना महिलाको बलात्कारपछि हत्या भएको विश्लेषमा उल्लेख गरिएको छ ।

प्रकाशित समाचारमा दुई जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको, कुटपिट र दुव्र्यवहारका घटनामा चाररचार जना, धम्कीका घटनामा तीन जना, अमानवीय व्यवहारका घटनामा दुई जना तथा झडप र अन्य घटनामा ११ जना घाइते भएका भनी विश्लेषणमा देखाइएको छ ।

‘यो अवधिमा भौतिक संरचना क्षतिका चार ओटा घटना पनि प्रकाशमा आए । उपचार अभावमा एक जना महिला र सात जना पुरुषको मृत्यु भएका समाचार वैशाखमा प्रकाशन भए । कोभिड–१९ को महामारीका बिच अस्पतालहरूमा उपचार अभाव भएका घटनाहरू बढेका हुन् ।’विश्लेषणमा उल्लेख छ ।

वैशाख महिनामा कोभिड सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । केही समययता घटेको सङ्क्रमण पुनः बढेको हो । एक महिनाको अवधिमा १ लाख ५८ हजार ९४ जना सङ्क्रमित थपिए ।

यो अवधिमा परीक्षण ४ लाख ७ हजार ५ सय ५१ ओटा स्वाबको परीक्षण भयो । निको हुनेको सङ्ख्या ५३ हजार २ सय ६ रह्यो भने थप १ हजार ६ सय ८ जना सङ्क्रमितको मृत्यु भयो । एक महिनाको अवधिमा महिला सङ्क्रमित बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस