जिफन्टका नव निर्वाचित कार्यसमितिलाइ बुटवलमा सम्मान

बुधबार, २१ चैत्र २०७४, १९ : ११
जिफन्टका नव निर्वाचित कार्यसमितिलाइ बुटवलमा सम्मान

चितवन । एमाले भातृ संगठन नेपाल टे«ड युनियन महासघं (जिफन्ट) का नर्वनिर्वाचित कार्य समितिलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन  लुम्बिनी अञ्चल कमिटीले (मंगलबार) एक कार्यक्रमका बिच सम्पुर्ण कार्यसमितिलाई सम्मान गरेको हो । जिफन्टको ७ औ राष्ट्रिय महाधिवेशन यहि चैत्र १४ देखि १७ गतेसम्म काठमाण्डौंमा चलेको थियो । महाधिवेशनले अध्यक्षमा .बिनोद श्रेष्ठ , उपाध्यक्षमा कमल गौतम, सचिवमा दामोदर सापकोटा निर्वाचितव हुनु भएको थियो ।
कार्यक्रममा ७ औ राष्ट्रिय महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रम नवनिर्वाचित ५१ सदस्यीय कमिटीले पूरा गर्ने, ट्रेड युनियन आन्दोलनलाई अझ सशक्त बनाउन र उपलब्ध सम्पुर्ण ट्रेड युनियनहरु एक भएर लाग्ने निर्णय गरिएको छ । 
नवनिर्वाचित अध्यक्ष बिनोद श्रेष्ठले  संविधानमा उल्लेखित मजदुर पक्षिय कानुनलाई अब कार्यनयन गर्न नवनिर्वाचित कमिटी लागि पर्ने बताउनुभयो । बोलेर मात्र होईन, उहाँले भन्नुभयो , “मजदुरले अनुभुती हुने गरि काम गर्छु । कार्यक्रममा सांसद सीता लामाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस