अध्यागमन विभागद्वारा सबै प्रकारका भिजा सेवा स्थगित

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १८ : २२
अध्यागमन विभागद्वारा सबै प्रकारका भिजा सेवा स्थगित

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रजातिको संक्रमणमा वृद्धि भएको उल्लेख गर्दै अध्यागमन विभागले आजदेखि सबै प्रकारको भिजा सेवा बन्द भएको जनाएको छ ।

विहिबार विज्ञप्ती जारी गर्दै अध्यागमन कार्यालयले अर्को सूचना जारी नभएसम्म केही सर्तसहित भिजा सेवा तत्काललाई स्थगित भएको जानकारी गराएको हो ।

तर, लकडाउनको कारण नेपालमा अलपत्र परेका विदेशी, कारागारबाट सुपुर्दगी गर्नुपर्ने र देश निकाला गर्नुपर्ने, पासपोर्ट प्रक्रियाले रोकिएका र अन्य अत्यावश्यकीय कामले रोकिएकालाई भने भिजामा सहजीकरण गरिने जनाइएको छ ।भिजा भएर पनि जान नपाएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सहजीकरण गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस