ब्यवसायी बलुलाई गोली हान्ने सुटर पक्राउ

बुधबार, २१ चैत्र २०७४, १६ : २७
ब्यवसायी बलुलाई गोली हान्ने सुटर पक्राउ

रुपन्देही । रूपन्देहीका काठ ब्यवसायी बलु पौडेललाई गोली हानि हत्या गर्ने सुटर सुवास गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

गुरूङलाई प्रहरीले बुधबार पोखराको रामबजारबाट पक्राउ गरेको रूपन्देही प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए ।

केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको निर्देशनमा गुरूङले काठ ब्यवसायी पौडेललाई गोली हानेका थिए ।

रुपन्देहीको देबदह ढेकारमा काठको ब्यवसाय गर्दै आएका बसन्त पौडेल (बलु) लाई उनकै मिलमा गएर मोटसाइकलमा आएका गुरूङसहित २ जनाले गत पुस २१ गोली हानि हत्या गरेका थिए ।

गोली लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस