पोखरीमा डुबेर एक बृद्धको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : २०
पोखरीमा डुबेर एक बृद्धको मृत्यु

चितवन । माडीमा पोखरीमा डुबेर एक बृद्ध पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका २ सितलपुर निवासी बर्ष ६६ का देबी प्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो । 

मृतकका परिवारका अनुसार, गएरातीसम्म उनी परिवारकै सम्पर्कमा रहेको र एक्कासि आज बिहिवार बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शब पानीभित्र डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

पाण्डेको मृत्यु आत्महत्या वा अन्य केहि कारणबाट भएको भन्ने स्पष्ट हुन नसकेकाले अनुसन्धान भइरहेको र शबलाई पोष्टमार्टमका लागि भरतपुर पठाउन लागिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस