राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : ०३
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा.पुष्पराज कडेल नियुक्त भएका छन्। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो । 

पुनः नियुक्ति पश्चात आज विहिबार उनले सिंहदरबारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सपथ ग्रहण गरेका छन् । 

सपथ ग्रहण पश्चात उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस