वीरगन्जकी ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ११ : ३८
वीरगन्जकी ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

उपमेयर कार्की कोभिड अस्पताल उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिर्चाज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।

उपमेयर कार्कीलाई  लिन मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए ।मयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेकोमा बधाई दिएका छन् ।अविवाहित कार्की कांग्रेसबाट उपमेयरमा २०७४ सालको चुनावमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस