एमाले पूर्वसांसद यादवको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १० : ४२
एमाले पूर्वसांसद यादवको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ । पूर्वसांसद तथा नेकपा एमालेका नेता योगनारायण यादवको कोरोना संक्रमणबाट निधन भएको छ । 

मेडिसिटी अस्पतालमा उपचाररत उनको  बुधबार राति निधन भएको हो। धनुषाको सबैला नगरपालिका–१ यादव २०५६ सालमा सांसदमा निर्वाचित भएका थिए।

 दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएको बताईको छ । 

प्रतिक्रिया दिनुहोस