हेटौंडामा राष्ट्रियसभा सदस्यको उप निर्वाचन शुरु, मतदानस्थलमा बादल सहित तिनैजना उम्मेदवार उपस्थित (फोटो फिचर)

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, ०९ : ४३
हेटौंडामा राष्ट्रियसभा सदस्यको उप निर्वाचन शुरु, मतदानस्थलमा बादल सहित तिनैजना उम्मेदवार उपस्थित (फोटो फिचर)

काठमाडौं । राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ ।  ३ बजेसम्म मतदान हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । 

त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । मतदान स्थलमा यसअघि प्रदेशसभा सदस्यका लागि केन्द्र (क) र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि केन्द्र (ख) र कोभिड १९ सङ्क्रमित प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न मतदान केन्द्र (ग) गरी तीन वटा मतदान केन्द्र तोकिएको थियो ।

निर्वाचनको गोप्यता सुनिश्चित गरिने भन्दै मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नदिने सहमति भएको छ । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् । केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका छन् ।

तर अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको भन्दै  खिमलाल देवकोटाको पक्षमा मतदान गर्नुपर्ने बताउदैं आएका छन् ।  निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझनै सर्वाजनिक हुने भएको छ ।

निर्वाचन अधिकृत श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस