गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १५ : ४९
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् ।आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् ।

बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ । मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाएका हुन् ।प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई सपथ खुवाएकी छन् ।

प्रतिक्रिया दिनुहोस