वासिङ्टन डिसी । पप गायिका, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता लगायत विभिन्न क्षेत्रका महिलाहरूको समूह सोमबार अन्तरिक्ष यात्रामा जाँदैछ। छ जना महिलाको यो सम्पूर्ण टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले 'न्यू शेपर्ड रकेट' मार्फत अन्तरिक्षमा पठाउनेछ।
महिलाहरूको सम्पूर्ण टोली अन्तरिक्षमा यात्रा गरेको यो पहिलो पटक हो। यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन्।
ब्लू ओरिजिन यात्रामा पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन समावेश छन्। उनीसँग छैटौँ महिला, लरेन सान्चेज पनि सामेल हुनेछिन्, जसले समूहको नेतृत्व गर्नेछिन् । उनी जेफ बेजोसकी साथी हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ बैशाख २०८२, ११ : ०८
लेखकबाट थप