सुनको मुल्य बढ्यो ?

सफल खबर संवाददाता

सोमबार, ०३ जेठ २०७८, ११ : ०५
सुनको मुल्य बढ्यो ?

काठमाडौं । एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार ३०० रुपैयाँले वृद्धि भएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको हो । 

त्यस्तै आज तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।  यता चाँदीको मूल्यमा समेत सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस