६ हजार १ सय ५९ जना होल्डमा

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, २० : ०१
६ हजार १ सय ५९ जना होल्डमा

फाइल फोटो

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार १ सय ५९ जनालाई प्रहरीले होल्डमा राखेको छ ।

सो क्रममा ९ सय १३ वटा गाडी र १ हजार ९ सय २ वटा मोटरसाइकल गरी २ हजार ८ सय १५ वटा सवारी साधनलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले आइतबार जनाएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस