बाघको आक्रमणबाट भरतपुरकी एक महिला घाईते

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १५ : २८
बाघको आक्रमणबाट भरतपुरकी एक महिला घाईते

चितवन । चितवनमा बाघको आक्रमण बाट एक महिला घाईते भएकी छिन । आज दिउसो १२ः०० बजे भरतपुर ८ मा रहेको बनदेबी सामुदायिक बनमा निउरो टिप्न जादा बाघको आक्रमणमा परि ४२ वर्षकी मिना लामा घाईते भएकी हुन् ।

घाईते लामालाई उपचारको लागि भरतपुर अस्पाताल भरतपुर लगिएको र उनको उपचार भइरहेको प्रहरीको भनाई छ ।

यो घटनासँगै चितवनमा १० दिनमा बाघको तिन घटना घटेको छ । गत बैशाख २४ गते र २७ गते पनि बाघको आक्रमणबाट चितवनमा २ जना घाईते भएका थिए ।

प्रतिक्रिया दिनुहोस