चोरीको मोटरसाइकल सहित तिनजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १३ : ३६
चोरीको मोटरसाइकल सहित तिनजना पक्राउ

चितवन । चितवनबाट चोरीको मोटरसाईकल सहित तिनजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भरतपुर-१९ शारदानगर बस्ने वर्ष २० को आकास तामाङ, पुर्वी नवलपरासी गैडाकोट  ७ गैह्रीटोल स्थाथी घर भई हाल जिल्ला चितवन भरतपुर-५ डेरा गरी बस्ने वर्ष २८ को दुर्गा पौडेल र  पुर्वी नवलपरासी गैडाकोट-९ थम्सी बस्ने वर्ष २० को सन्दिप आले रहेका छन् ।

 भरतपुर महानगरपालिका वडा न.१९ स्थित प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ न.को मोटर साईकल हराएपछि मोटरसाईकल धनी  तामाङले  जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए ।

कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृण्णपुरबाट खटिएको टोलीले अनुसन्धान तथा खोजतलास गर्दै जाँद  दुर्गा पौडेलको घरकोठामा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाइकल फेला परेको चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले बताए ।

बरामद गरी सोधपुछ गर्दा थप उक्त घटनामा संलग्न भरतपुर ९ थुम्सी बस्ने वर्ष २० को सन्दिप आलेसमेत पक्राउ परेका छन् । घटनामा संलग्न तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस